तुफान खबर

किबोर्ड हो यो फ्यानटेक कम्पनीद्वारा निर्मित

किबोर्ड हो यो फ्यानटेक कम्पनीद्वारा निर्मित

यो किवर्ड फाइनटेकद्वारा निर्मित हो।

तुफान खबर
प्रविधिप्रविधि

हेर्दा त राम्रै देखिन्छ तर पैसा चाहिँ अलिकति महँगो भयो। लगभग यो किबोर्डको ५००० परेको थियो र भावनाको छालमा तरङ्गित भएर एकजना व्यक्तिले किनेका थिए। 

यो किबोर्ड युएसबी टाइप सीबाट पनि चल्छ र ब्याट्रीबाट पनि चल्छ। यसमा डाइरेक्टली कम्प्युटरमा पनि जोड्न मिल्छ र ब्लुटुथबाट पनि चल्छ र ब्लुटुथमा चाहिँ यससँग तीनवटा अप्सन छ र तीनवटा अप्सनमा तीनवटा डिभाइस कनेक्ट गर्न मिल्दछ। र यो सिधै कम्प्युटरमा तार जोडेर अथवा 2.4 गिगाहर्ज वाला डङ्गल जोडेर पनि चलाउन मिल्दछ। 

अब यस किबोर्डको नकारात्मक कुरा गर्दाखेरि यदि ब्याट्री मोडमा चलाउँदै हुनुहुन्छ भने केही क्षणपछि यो आफै स्लिप मोडमा जान्छ र यसलाई चलाउँदा एकछिन यसलाई खोल्नको लागि टाइम लाग्छ र यो खुलेपछि मात्रै चल्छ त्यसकारणले गर्दाखेरि म यसलाई तार जोडेर नै चलाउँछु 

र यदि यो किबोर्ड कसैले किन्ने सोच्दै हुनुहुन्छ भने यदि तपाईँलाई म जस्तै ब्लुटुथबाट चलाउँदा अथवा डङ्गलबाट चलाउँदा यो आफैं स्लिप मोडमा गएर अप्ठ्यारो हुन्छ ब्याट्री मोडमा चलाउँदा भने यो किबोर्ड नलिनको लागि म अनुरोध गर्दछु। तपाईंले ब्याट्रीमा अथवा ब्लुटुथमा चलाउनु हुँदैन र तपाईलाई तार जोड्नबाट कुनै समस्या छैन भने यो भन्दा केही पैसा सस्तोमा तारवाला किबोर्ड नै आउँछ र म त्यही चलाउँछु किनभने मैले अहिले तारबाट नै चलाउँदै छु र यसको ब्याट्री र ब्लुटुथले मलाई केही पनि फाइदा भएको छैन।